भारतमा बाढीका कारण १२ को मृत्यु


भारत । भारतको पुनेमा आएको बाढीका कारण १२ जनाको मृत्यु भएको छ। बुधबार रातिदेखिको अविरल वर्षाका कारण बाढी आउँदा उनीहरुको मृत्यु भएको हो।

५०० जना भन्दा बढीलाई त्यस क्षेत्रबाट सुरक्षित स्थानमा सारिएको भारतिय सञ्चार माध्यमले जनाएको छ। पुनेका सहकर्नगर, पार्वति, सिंहगढ रोड, डाडेंकर ब्रिज, र पद्मावतिमा बाढी आएको थियो।

केही दिन सम्म पानी निरन्तर पर्नसक्ने बताउँदै भारतीय प्रकोप राहत बलले सुरक्षा टोली खटाइएको छ । विद्यालयहरु पनि बन्द गरिएको छ। पुनेका मुख्यमन्त्री देवेन्द्र फड्नभिसले मृतक परिवारलाई श्रदाञ्जली दिई सुरक्षाका लागि काम भइरहेको बताएका छन्।
एजेन्सी