प्रेमले फेरि गाए गीत


नाइँ नभन्नु ल–२ नामक फिल्मको मर्ने कसैलाई रहर हुँदैन बोलको गीत गाएर चर्चामा आएका बालगायक प्रेम परियार नाइँ नभन्नु ल–४ को गीत गाएपछि गायन क्षेत्रबाट हराएका थिए।

अब भने उनले फेरि आफ्नो स्वरको जादु छर्ने भएका छन्। यी गायकले पोइ पर्यो काले नामक फिल्मका लागि गीत गाएका छन्। परियारले सो फिल्मका लागि मायाले मलाई बोलको गीत गाएका हुन्।

यो फिल्मको गीत बुधबार रेकर्डिङ गरिएको छ। गायक परियारले पढाइका कारण र स्वर बदलिएकाले केही समय गीत नगाएको खुलाएका छन्। ‘यो गीतको शब्द सुन्नेवित्तिकै मन पर्यो।

आशा छ, मलाई प्रतीक्षा गर्नुभएका दर्शकले यो गीत मन पराउनुहुनेछ।’ –प्रेमले भने। गीत गाउन थालेपछि आफ्नो जीवनशैली पनि बदलिएको भन्दै उनले अब फेरि दर्शकका लागि कर्णप्रिय गीत सार्वजनिक गर्ने बताए।

रघु परियारको शब्द रहेको गीतमा पुरुषोत्तम न्यौपानेको शब्द रहेको छ। गीतमा फिल्मका मुख्य दुई कलाकार नायक सौगात मल्ल र नायिका पूजा शर्मालाई फिचरिङ गरिएको छ।

शिशिर राणाको कथा तथा निर्देशनमा तयार भएको फिल्मका प्रस्तुतकर्ता किरण नेपाली हुन्। फिल्ममा आकाश श्रेष्ठ, सृष्टि श्रेष्ठ, सोहित मानन्धरलगायतका कलाकारको पनि मुख्य भूमिका छ। फिल्म आगामी कात्तिक ८ गते रिलिजमा आउँदै छ।