लाखौं डलरको पेन्टिङ भान्छामा


पेरिस, (एजेन्सी)।फ्रान्सको राजधानी पेरिस नजिकको एकजना वृद्धाको घरमा झुन्ड्याइएको एउटा पेन्टिङ लामो समयदेखि हराइरहेको चर्चित कलाकार फ्लोरेन्टाइन रेनसाको भएको कला विशेषज्ञले बताएका छन्।

तेह्रौं शताब्दीको उत्तरार्ध तिरको पेन्टिङ श्रृंखलाको ‘क्राइस्ट मोक्ड’ शीर्षकको सो पेन्टिङ उत्तरी फ्रेन्च शहर कोम्पिएनेको एउटा घरमा फेला परेको हो। आगामी महिना हुने लिलाममा यस पेन्टिङ ६५ लाख अमेरिकी डलरमा बिक्री हुन सक्ने अनुमान गरिएको छ।

ती महिलाले पक्कै पनि धार्मिकरूपमा मूल्यवान रहेको ठानेर सो पेन्टिङ जोगाएर राखेको हुनुपर्ने बताइएको छ। तर कसैले पनि त्यो पेन्टिङ कसरी उनको घरमा आइपुग्यो भन्ने बताउन सकेका छैनन्।

यस कलाकृति इटालियन चित्रकार सिमावुउ उर्फ सेन्नी डि पेप्पोको कृतिसँग मिल्छ कि मिल्दैन भन्ने पत्ता लगाउन इन्फ्रारेड लाइटबाट परीक्षण गरिएको बुझिएको छ।

फ्रेन्च अखबार ले फिगारोले कला विशेषज्ञ एरिक टर्किनले त्यो पेन्टिङ सक्कली भएको दाबी गरेको जनाएको छ। यो पेन्टिङ जिसस क्राइस्टको लोकप्रियतादेखि उनलाई क्रसमा टाँगएको सम्यसम्मका घटना झल्काउने पेन्टिँगको श्रृंखलाको एक अँस हुनुपर्ने बताइएको छ। आगामी २७ अक्टोवरमा फ्रान्समा यो पेन्टिङको लिलाम हुँदैछ।