नेविसंघले यातायातमा भएको चर्को भाडाँ घटाउन माग गर्दै बुझायो ज्ञापन पत्र


बासुदेव शर्मा, जाजरकोट । नेपाल विद्यार्थी संघ जाजरकोटले यातायात व्यवसायीले जाजरकोटमा चल्ने सवारी साधनबाट मनपरी चर्को भाडाँ असुलेकोले भाडादर घटाउन माग गर्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको छ ।

स्थानिय प्रशासनले तोकेको भाडादर भन्दा यातायात ब्यवसायीले यात्रुबाट वढी भाडा असुली रहेको भाडादरको अनुगमण गर्नु पर्ने मनपरी ढंगबाट भाडा लिने व्यवसायीलाई कार्बाही गर्नु पनेै जिल्लामा बैज्ञानिक र न्यायपुर्ण भाडादर तोक्नु पर्ने सडकको स्तरोन्नती गर्नु पर्ने लगाएतका माग राखी नेपाल विद्यार्थी संघ जाजरकोटले प्रमुख जिल्ला अधिकारी जनकराज पन्तलाई ज्ञापन पत्र वुझाएको हो ।

जाजरकोट सदमुकाम वाहेक कुनै ठाउँमा पिज नभएको कच्ची बाटोमा व्यवसायीहरुले तोकिएको भाडादर भन्दा धेरै भाडा असुल गरेको नेपाल विद्यार्थी संघ जाजरकोटका अध्यक्ष ललित वस्नेतले वताउनु भयो ।

जाजरकोटका कतिपय सडकमा प्रतिकिलोमिटर ३० रुपैया भन्दा माथीको भाडा असुल गरेकोले सम्वन्धित निकायले हाल सम्म नियन्त्रणका लागी कुनै पहल नगरेकोले यसरी मनपरी तरिकाले व्यवसायीहरुले भाडा लिने गरेकोले ज्ञापन पत्र दिन वाध्य भएको अध्यक्ष वस्नेतले वताउनु भयो ।

खलंगा पाँचकाटिया पैक, मन्मैवगरा देखी तल्लु, छेडा थलह थलह नरमरा छेडा शिवालय लगाएतका सडक खण्डमा मनपरि भाडा लिने गरेको वताउदै नेपाली हिन्दुहरुको महान चाड दशै तिहार नजिकिदै गर्दा वर्षायमको समयमा भत्किएका सडक मर्मत हुन नसकेकोले नागरिकहरुले चर्को भाडा तिर्नु परेकोले वर्षायममा भत्किएका सडक मर्मत गराउन पहल गर्न स्थानिय प्रशासनको ध्यानकर्षण गरेको वस्नेतले वताउनु भयो ।

प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले ज्ञापन पत्र बुझदै स्थानिय प्रशासनले कायम गरेका भाडादर कार्यान्वयन भए नभएको र नयाँ भाडादर कायम गर्नु परे सरकोरवालाहरुसग छलफल गरेर भाडादर तय गरिने बताउदै बर्षायममा विग्रिएका सडकहरु मर्मतको लागी स्थानिय तह लगाएत सडक डिभिजन कार्यालयलाई निर्देशन गरेको प्रमुख जिल्ला अधिकारी पन्तले बताउनु भयो ।