दुई तिहाई नेकपा सरकारले जनभावना अनुसार काम गर्न सकेन


बासुदेव शर्मा,जाजरकोट। नेपालीकाग्रेस केन्द्रिय कार्यालयको निर्देशन अनुसार १५ दिने दोस्रो जागरण अभियानको समापन भएको छ । जाजरकोटका सात वटै स्थानिय तहका नेता कार्यकर्ता लगाएत जनप्रतिनिधि, स्थानिय निर्वाचनमा पराजितहरुसग अन्तरक्रिया कार्यक्रम गरेको नेपाली काग्रेसले अन्तिम दिन जाजरकोट सदमुकाम खलंगामा सरकार बिरुद्ध प्रदर्शन गरेको हो ।

दुई तिहाई बहुमत सरकारले काण्डै काण्डका गलत काम गरेको जनताको जनभावना अनुसार काम गर्न नसकेको भन्दै सरकार विरुद्ध चर्का नारा लगाउदै काग्रेस नेता कार्यकर्ताहरुले सदमुकाम खलंगा बजार परिक्रमा गरेका थिए ।

केन्द्रिय कार्यालयको निर्देशन अनुसार जिल्लाका सात वटै स्थानिय तहमा जागरणमुलक कार्यक्रम सकेर काग्रेस जाजरकोटले नेता कार्यकर्ताहरुको सहभागीतामा सदमुकाम खलंगामा सरकार विरुद्ध प्रदर्शन गरेको नेपाली काग्रेस जाजरकोटका कोषाध्यक्ष तेज विक्रम शाहले वताउनु भयो ।

सरकारका गलत क्रियाकलाप, सरकारको काम गर्ने शैली जनता उत्पन्न भएको असन्तुष्टि भ्रष्टाचारका विरुद्ध खवरदारी गर्दै नेपाली काग्रेसले सदमुकाम खलंगा वजारमा शान्तिपुर्ण आन्दोलन गरेको कोषध्यक्ष शाहले वताउनु भयो ।

जागरण अभियानको समापन गर्दै नेपाली काग्रेस जाजरकोटले निर्मला पन्तको बलत्कार पछि हत्या, ३३ किलो सुनकाण्ड वाइडवडी विमान खरिद काण्ड दुई तिहाई वहुमतको सरकारले नेपाली जनतालाई विभिन्न वहानामा लगाएको कर लगाएतका नाराहरु लगाउदै सरकारको विरोध गरेका थिए ।

सरकारको विरोध प्रदर्शनमा नेता कार्यकर्ता तथा युवाहरु उत्साही हुदै प्रधानमन्त्री केपी शर्मा वली र नेकपा विरुद्ध चर्का नारा लगाएका थिए ।

नेपाली काग्रेस जाजरकोटको पार्टी कार्यालय विपि भवन थाप्ले देखी शुरु भएको रयाली गैरिखाली, दरवार, पिपलडाँडा हुदै ठाँटी वजारमा पुगेर कोण सभा गरेको थियो ।

जागरण अभियानका केन्द्रिय प्रतिनिधि झक बहादुर डागी टंक प्रसाद उपाध्यायले दुई तिहाई सरकारले गरेको गलत कामका विरुद्ध आम काग्रेसी कार्यकर्ताहरुले आवाज उठाउन र नेपाली काग्रेसको सरकारले गरेका कामहरु जनता समक्ष पुरयाउन नेता कार्यकर्ताहरुलाई आग्रह गर्नु भयो ।

कोण सभालाई जाजरकोट काग्रेसका सचिव खडक विसी, हरिचन्द्र वस्नेत, महेन्द्र शाह भुमिलाल रोकाय लगाएतका नेता कार्यकर्ताहरुले सम्वोधन गर्नु भएको थियो ।

नेपाली काग्रेसका नेता कार्यकर्ताहरुले बर्तमान सरकाले विरोध गर्नु भन्दा पनि वढी विरोध सर्वसाधारण जनता लगाएत आफनै नेता कार्यकर्ताले चर्को विरोध गर्ने गरेको वताएका थिए ।

दुई तिहाई वहुमत सरकारले दम्भ र अधिनायकवादी सोच वाहेक जनतालाई नया अनुभुति गराउन नसकेको काग्रे नेता कार्यकर्ताहरुले आरोप लगाएका थिए ।

नेकपाको सरकारले जनतालाई झुक्याउने बाहेक अन्य नया काम नगरेकोले नेपाली जनताले काग्रेसको विकल्प खोजेको वताएका थिए ।