नेपाल आइडल वल्र्ड टुरमा


गृष्मा ब्रोडकास्टिङले नेपाल आइडलको सिजन तेस्रोको उत्कृष्ट ३ प्रतिभालाई वल्र्ड टुर गराउने अधिकार लिएको छ। राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै गृष्मा ब्रोडकास्टिङको तर्फबाट गृहेन्द्र घिमिरे र एपी वान एचडीको तर्फबाट जीएम लक्ष्मीप्रसाद पौडेलले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्।

यो हस्ताक्षर भएसँगै उत्कृष्ट ३ को ग्रान्ड फिनाले समेत गृष्मा ब्रोडकास्टिङले गर्नेछ। गृहेन्द्रले हस्ताक्षर उत्कृष्ट ३ प्रतिभालाई विदेशमा रहेका हरेक नेपालीसमक्ष पुर्याउने बताए।

पछिल्लो समय जापानमा साकुरा नाइट गर्दै आएको यस कम्पनीले नेपालमा सप्तरंगको सफलतापछि यसको दोस्रो सिजनलाई समेत आगामी नोभेम्बरमा गर्ने भएको छ। नेपाल आइडल सिजन–३ को वल्र्ड टुर आगामी फेब्रअरीबाट शुरू हुनेछ।