अधिकारीको अनवरत सार्वजनिक


गीतकार तथा कवि दिनेश अधिकारीको चौधौ गीति अडियो एल्बम अनवरत विन्ध्यवासिनी म्युजिक कम्पनीले सञ्चालन गर्दै आएको नेपाल टेलिभिजन प्लसको कार्यक्रम झंकार लाइभ शोबाट सार्वजनिक गरिएको छ।

एल्बम गीतकार अधिकारीका साथमा गीतकार किरण खरेल, गायक प्रेमध्वज प्रधान, संगीतकार दीपक जंगम, शक्ति बल्लभ, गायक रामचन्द्र काफ्लेले सार्वजनिक गरेका हुन्। एल्बममा ७ वटा गीत रहेका छन्।

ती गीतमा राजकुमार बगरले संगीत दिएका छन् भने रामकृष्ण ढकाल, रामचन्द्र काफ्ले, निशा देशार, राज सिग्देल, प्रविशा अधिकारी, सीडी विजय, श्रेयसी चेम्जोङ र प्रताप दासले गाएका छन्।

एल्बम विन्ध्यवासिनी म्युजिक प्रालिले बजारमा ल्याएको छ।कार्यक्रममा एल्बममा संगृहित तिमी सुखी हुनु बोलको गीतको म्युजिक भिडियोसमेत सार्वजनिक गरिएको थियो। भिडियो काजिश श्रेष्ठले निर्देशन गरेका छन्।