राष्ट्रसङ्घमा मन्त्री ज्ञवालीको कार्यतालिका  यस्ताे छः  


संयुक्त राष्ट्रसङ्घ । संयुक्त राष्ट्रसङ्घको ७४औँ महासभा बैठकमा सहभागी हुने सिलसिलामा यहाँ रहनुभएका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली आज मङ्गलबार दिनभर राष्ट्रसङ्घीय विविध बैठकहरूमा सहभागी हुँदैहुनुहुन्छ ।

मन्त्री ज्ञवाली बिहानैदेखि महासभा बैठकको ‘जनरल डिबेट’मा सहभागी हुनुभएको छ भने आजै दिउँसो संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसले आयोजना गर्ने राजकीय दिवाभोजमा सरिक हुनुहुनेछ । महासभामा भाग लिन आउनुभएका विश्वका विभिन्न मुलुकका सरकार प्रमुख वा राष्ट्राध्यक्षको सम्मानमा महासचिव गुटरेसले दिवाभोज आयोजना गर्नुभएको हो ।

आजै साँझ संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आयोजना गर्नुहुने स्वागत समारोहमा सहभगी हुनुहुनेछ । चौहत्तरौँ महासभामा भाग लिन आउनुभएका विश्वका विभिन्न मुलुकका सरकार प्रमुख वा राष्ट्राध्यक्षको सम्मानमा राष्ट्रपति ट्रम्पले स्वागत समारोह आयोजना गर्नुभएको हो । आजै अपराह्न मन्त्री ज्ञवालीले भेनेज्वेलाका विदेशमन्त्रीसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ ।
रासस