छुट्टाछुट्टै स्थानमा भएकाे आगलागीबाट साँढे १९ लाख बराबर धनमाल जलेर नष्ट


न्युज अफ नेपाल, काठमाडौं । रुकुम(पूर्व), ओखलढुङगा र मोरङमा भएका छुट्टाछुट्टै आगलागीबाट करिब १९ लाख ४२ हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

रुकुम(पूर्व)को भुमे गाउँपालिका-९ मरकोटा बस्ने विरमाली पुनको घरमा मंगलबार बिहान आगलागी हुँदा घर, अन्नपात, लत्ताकपडा, भाँडावर्तन जलेर करिब १३ लाख ११ हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

त्यस्तै, ओखलढुङगाको चिसंखुगढी गाउँपालिका-३ धारापानी बस्ने रामबहादुर दर्जीको घरमा मंगलबार बिहान आगलागी हुँदा लत्ताकपडा, भाँडावर्त्तन, अन्नपात र नगद २५ हजार रुपैयाँ समेत जलेर करिब २ लाख ५६ हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

यसैगरी, मोरङको धनपालथान गाउँपालिका-६ दादरबैरिया बस्ने शैलेन्द्र कँडेलको घरमा विद्युत सर्ट भई मंगलबार बिहान आगलागी हुँदा धान, चामल, तोरीन, डिएपी मल लगायतका सामान जलेर करिब ३ लाख ७५ हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।