मेडिकलबाट पाँच लाख चोरी


न्युज अफ नेपाल, कपिलवस्तु । मायादेवी गाउँपालिका-१ पकडी चोक बस्ने राजेश मौरियाको मेडिकल पसलबाट सोमबार राति नगद करिब पाँच लाख २० हजार रुपैयाँ चोरी भएको छ ।
चोरीमा संलग्न व्यक्तिहरुको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।