देशैपिच्छे दशैँको साइत फरक


काठमाडौँ । हिन्दु धर्मावलम्बीहरुको महान चाँड बडा दशैँको साइत तोकिएको छ । अन्तराष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले विज्ञप्ति मार्फत दशैँको साइत सार्वजनिक गरेको छ । समितिले देहाय अनुसार साइत रहेको जानकारी गराएको छ । यस्तै समितिले सार्वजनिक गरेको साईत देशैँपिच्छे फरक फरक रहेको छ ।

समितिका अनुसार नेपालमा दशैँको शुभ साइत बिहान १० : ३५ मा परेको छ । त्यस्तै भारतमा बिहान १० : १९, बेलायतमा ११:५१ , क्यानडामा ११ : ४५ र जापानमा ९ : ५१ को समय तोकेको छ ।

अमेरिकाको चार स्थानमा त्यहाँको समय अनुसार छुट्टाछुट्टै समय तोकिएको छ । अमेरिकाको न्यूयोर्कमा बिहान ११ : २१, केन्टुकीमा ११ : ५५, टेक्सासमा ११ : २७, र क्यालीफोर्नीयामा ११ : ०५ को समय तोकिएको छ ।

यस्तै अस्ट्रेलियामा बसोबास गर्ने हिन्दु धर्मावलम्बीहरुका लागि पनि तीन स्थानमा फरक फरक समय तोकिएको छ । अस्ट्रेलियाको सिड्नीमा बिहान ८ : ०५, मेलवर्नमा ८ : २१ र ब्रिसवेनमा ९: ०० बजे तोकिएको छ ।

अंग्रेजी तारिख अनुसार नेपाल, भारत, जापान र अस्ट्रेलियामा ८ अक्टोबरमा दशैँको साइत परेको छ भने क्यानडा, बेलाएत र अमेरिकामा ७ अक्टोबरका दिन शुभ साइत परेको छ ।

विज्ञप्ति :