विप्लवका उपत्यका ब्यूरो इञ्चार्ज पक्राउ


काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्व विप्लव समुहका उपत्यका व्युरो इञ्चार्ज पक्राउ परेका छन् । पक्राउ पर्नेमा नवीन बीके रहेको प्रहरीले जनाएको छ । बीकेलाई सोमबार राती प्रहरीको विशेष ब्यूरोले ललितपुरबाट पक्राउ गरेको छ ।

यसअघी विप्लव समूहका उपत्यका इन्चार्ज माइला लामा पक्राउ परेका थिए । लामा पक्राउ परेपछि बिकेलाई उपत्यका इन्चार्ज बनाइएको थियो ।