स्वच्छ मासुको सरकारी पोस्टरमा गाईको तस्वीर, विभागले माग्यो माफी


काठमाडौं । स्वच्छ मासुबारे जनचेतना जगाउन पशु सेवा विभागले जारी गरेको पोस्टरमा गाईको तस्वीर परेकोमा पशु सेवा विभागले माफी मागेको छ ।

विभागका महानिर्देशक डा। वंशी शर्माले जारी गरेको विज्ञप्तिमा पोस्टर छपाईको क्रममा त्रुटि हुन गएको उल्लेख गरिएको छ । पोस्टरमा गाईको तस्वीर भूलवश परेको भन्दै शर्माले विज्ञप्ति मार्फत क्षमायाचना गरेका छन् ।

हाल उक्त त्रुटिलाई सच्याइसकिएको ब्यहोरा सम्बन्धित सबैलाई जानकारी गराउँदै प्राविधिक कारणले हुन गएको त्रुटिप्रति पशुसेवा विभाग हार्दिक क्षमायाचना गर्दछ’ विज्ञप्तिमा भनिएको छ ।