प्रतिबन्धित भारतीय १ लाख ५० हजार रुपैयाँसहित २ पक्राउ


काठमाडौं । बल्खुबाट प्रतिबन्धित भारतीय रुपैयाँसहित दुई जना भारतीय नगरीक पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका १४ बल्खुबाट १ लाख ५० हजार सहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भक्तपुर बस्ने भारत बेतिया घर भएका ३० वर्षीय प्रमेन्द्र दास र २८ वर्षीय हर्मेन्द्र दास रहेका छन् ।

महानगरीय प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीले बा।१ ज ७४९१ नम्बरको बीरगंज(काठमाडौं चल्ने टाटा सुमो जिपमा सवार प्रमेन्द्रलाई प्रतिबन्धित ५ सय दरका २ सय थान भारतीय रुपैयाँ र हर्मेन्द्रको साथमा ५ सय दरको १ सय थान गरी उक्त भारतीय रुपैयाँ सहित फेला पारी पक्राउ गरेको हो ।

यस विषयमा थप अनुसन्धान चलिरहेको प्रहरीले जनाएको छ ।