मेगा बैँक र आइडिया स्टूडियोबीच सम्झौतापत्रमा हस्ताक्षर


काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेड र आइडिया स्टूडियो नेपालबीच नयाँ सोचका साथ व्यवसाय गर्न चाहने युवा तथा महिला उद्यमीहरुको प्रबर्धनका लागि सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

सम्झौता पत्रमा मेगा बैंकका सिइओ अनुपमा खुञ्जेली र आइडिया स्टूडियो नेपालका अध्यक्ष डा. छिरिङ लामाले हस्ताक्षर गरेका छन् । यस सम्झौताले व्यवसाय गरिरहेका तथा नयाँ सोचका साथ व्यवसाय गर्न इच्छुक युवा एवं महिला उद्यमीहरु लाभान्वित हुने जनाइएको छ ।

यसका साथै साना मझौला व्यवसाय गरिरहेका तथा गर्न इच्छुक महिला उद्यमीहरुको व्यवसाय प्रबर्धन  गर्न मेगा बैंकले सहुलियत कर्जामा बैंकिङ सुविधा प्रदान गने{ भएको छ । बैंकको नीति अनुसार धितो वा धितो बिना पनि कर्जा प्रवाह गरिने सम्झौता पत्रमा उल्लेख छ । यसैगरी, आइडिया स्टूडियो नेपालले नयाँ सोच भएका युवा तथा महिलाहरुलाई बैंकिङ पहुँच पुर्याउन मद्दत गर्ने भएको छ ।