एनआरएन युरोपका संयोजक बरुवालद्वारा केन्द्रीय सचिवमा उम्मेदवारी घोषणा


दीपेन्द्र गजुरेल, स्पेन । आगामी अक्टोबर १५ र १७ गते काठमाडौंमा हुन लागेको एनआरएनए आइसिसिको नबौँ अन्तर्राष्ट्रिय महाधिवेशनमा एनआरएनए युरोपका संयोजक शिव कुमार बरुवालले केन्द्रीय सचिवमा उम्मेदवारी दिने भएका छन् । बरुवालले युरोप संयोजकको हैसियतले २ बर्ष कार्यकाल सफलता पुर्वक सम्पन्न गरेका छन् । आगमी दिनमा एनआरएनएको अभियानलाई समृद्ध र सुदृढ गरि सबै गैरआवासीय नेपालीहरुको अपनत्वो हुने गरी नीति तथा कार्ययोजना अगाडि बढाउन र नेपालको समृद्धिमा एनआरएनलाई अझ बलियो सहयात्रीको रुपमा स्थापित गर्न आफुले एनआरएनको सचीव पदमा उम्मेद्बारी दिन लागेको बरुवालले बताएका छन् ।

एनआरएनए बेल्जियमको स्थापनाकाल देखि नै एनआरएनए संस्थामा लागेका बरुवाल २००७ मा एनआरएनए बेल्जियमको सचिवालय सदस्य हुदैं यो अभियानमा आएका थिए । २००९–२०११ मा बेल्जियम एनआरएनएको महासचिव, २०११–२०१३ मा एनआरएनए अन्र्तराष्ट्रिय समन्वय समिति ९आईसीसी० सदस्य र सन २०१७( २०१९ मा एनआरएनए युरोप संयोजक मा निर्वाचित भएका उनी हाल युरोप संयोजकको हैसियतले एनआरएनएका विभिन्न गतिविधिमा प्रत्यक्ष संङ्लग हुदै आएका छन् ।

युरोप संयोजकमा र्वाचित भएपछि युरोप क्षेत्रमा एनआरएनएको संजाल बिस्तार गर्ने क्रममा माल्टा , स्लोभाकिया जस्ता देश हरुमा एनआरएनको राष्ट्रिय समिती गठन गरी युरोप क्षेत्रका २८ देशमा एनआरएनए संजाल बिस्तार गर्नमा बरुवालको महत्वपूर्ण भुमिका समेत रहेको थियो । त्यस्तै उनले  २०१८ मा लक्जम्बर्गमा र २०१९ मा इटलीमा दुई युरोपियन भेला सम्पन्न गरेका थिए ।

एनआरएनएको उदेश्य अनुरुप २०१८ मा प्रथम पटक लक्जम्बर्गमा नेपालका परराष्ट्रमन्त्रीलाई प्रमुख अतिथिको रुपमा आमन्त्रण गरी नेपालमा सीप, प्रविधि र पुँजीलाई कसरी स्वदेश लैजाने भन्ने बिषयमा छलफल भएको थियो । यस्तै यस बर्ष इटलीमा नेपाल सरकारका कानुन मन्त्री, युरोपमा रहेका नेपाली राजदूतहरू र पर्यटन सचिव तथा नेपाल भ्रमण बर्षका संयोजक सुरज वैद्य लगायत सम्पुर्ण एनआरएनएले नेपाल भ्रमण वर्षको प्रचार प्रसारमा सकारात्मक भुमिका निर्वाह गरेका थिए ।

त्यस्तै भोलिन्पल्ट नेपालमा कानुनमन्त्रीको उपस्थितीमा एनआरएनएको गैरआवासीय नेपाली नगरिकता दिने कुरा कहाँ पुगेको, गैरआवासिय नेपालीले आर्जन गरेको सम्पत्तिको कानुनमा के हुने जस्ता बिषयमा छलफल र अन्तरक्रिया समेत गराउन सफल भएका थिए । अन्तरक्रियामा एनआरएनएको नगरिकता सम्बन्धी धेरै कुरा अन्यौलमा रहेको बेला कानुनमन्त्री मार्फत प्रष्ट बनाउने कार्य समेत भएको थियो ।

सन २००० मा अध्यनको क्रममा बेल्जियम पुगेका बरुवाल विभिन्न संघसस्थाको संस्थापक हुँदै हाल बेल्जियमका क्रियाशिल संघ–संस्थाहरुमा आबद्द छन् । बेल्जियममा नेपाली सामाग्रीहरुको प्रर्वद्धन गर्दै ब्यवसायिक रुपमा नेपाली सामाग्रीहरुको डिपार्टमेन्टस्टोर , रेस्टुरेन्ट र यशियन सामाग्रीको होल्शेल स्टोर सफलता पुर्वक सञ्चालन गरेका छन भने हाल बेल्जियमका ब्याबसायीहरुलाई एकताबद्घ बनाउदै सामुहिक रुपमा नेपाल हाइड्रो र कृषि क्षेत्रमा लगानी भित्र्याउन काम समेत अग्रसर हुँदै आएका छन ।

बरुवाल नेपाल पर्यटन बोर्डको बेल्जियमका लागि पर्यटन दुत समेत रहेका थिए । यस्तै उनी बेल्जियम र युरोपभरी पर्यटन प्रबर्द्धनमा विभिन्न कार्ययोजना बनाएर सकृय भुमिका निभाउदै आएका सामाजिक अभियान्ता समेत हुन् ।

बरुवालले आफ्नो जिम्मेवारीलाई माननिय सेवाको रूपमा दत्तचित्त भई लगनशीलताका साथ सम्पन्न गर्दै आएको स्पेनबासी मनिषा लामिछाने बताउँछिन् । यस्तै आगामी एनआरएनएको कार्यकालको सक्षम र अब्बल उम्मेद्बारको रुपमा युरोप संयोजक शिव कुमार बरुवाललाई लिईएको समाजसेवी राज खनाल बताउँछन् ।