मनाङमा जिप दुर्घटना, चालकको मृत्यु


नवीन लामिछाने, मनाङ । मनाङको ङिस्याया गाउँपालिका २ घ्यारुमा वलेरो जिप दुर्घटना भएको छ । बिहान ९स् ३० बजेको समयमा ङिस्याङ गाउँबाट यात्रु लिन जाने क्रममा सडक भासिएर ग१ज ७२७८ नम्बरको बलेरो पल्टिदा चालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा चालक विशाल तामङ रहेका छन् । उनको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यलय मनाङले जनाएको छ । करिब २ वर्षदेखी बेसिसहर मनाङ रोडमा सवारी चलाउँदै आएका मृतक तामाङको स्थाई घर हेँटौडा रहको प्रहरीले जनाकारी दिएको छ । दुर्घटनाका बेला उक्त जिपमा सवारी धनी र चालक मात्र रहेका थिए ।

सडक भासिदै गर्दा सवारी धनिलाई जिपबाट ओर्लन लागाई आफूले गाडि कन्ट्रोल गर्ने क्रममा बेरक फेल भई पल्टिए पछि तामाङको मृत्यु भएको हो । जनाएको छ ।

जिप सडकबाट २०० मिटर तल खसेको प्रहरीले जनाएको छ ।