पत्रकार तथा गीतकार सुविद गुरागाईंका सात गीत गजलको एल्बम नलाएको माया सार्वजिनक गरिएको छ।
सुविदका ८० भन्दा बढी गजलको संग्रह जुनको आगोबाट लिइएका यी गीत गजल सत्यराज आचार्य, राज सिग्देल, सञ्जीव धिमाल, नीरा रानाभाट, मणि गुरुङ, बबिना भट्टराई र अस्मिता अधिकारीले गाएका छन् भने दीपक शर्मा, पारस मुकारुङ, राजेश थापा, जेबी थुलुङ, राम धामी, राजेश थापा र दीपक शर्माले संगीत भरेका छन्।
समोरोहमा गायक–गायिकाले एल्बममा समेटिएका गीत गजल गाएर सुनाएका थिए। माता परिवारको निर्माणमा किरण क्रिएसनको प्रस्तुति रहेको गीत गजलको गायन तथा श्रवण कार्यक्रममा गजलकारहरू बुँद राना, डा. घनश्याम न्यौपाने परिश्रमी, धीरेन्द्र प्रेमर्षि, सुरेश सुवेदी र विपीन किरणले रचनाकार गुरागाईंका सिर्जनशीलताका विभिन्न पक्षमा चर्चा गरेका छन्।
कार्यक्रममा एल्बमका नलाएको माया, प्यारो घाउ, माया सम्झीसम्झी बोलका गीत गजलका साथै शीर्षक गजलको म्युजिक भिडियो पनि सार्वजनिक गरिएको थियो।
निकेश खड्काको निर्देशनमा कथानकरूपमा प्रस्तुत गरिएको म्युजिक भिडियोमा सत्यराज आचार्य, लक्ष्मी बर्देवा, जोर्डन राजभण्डारीलगायतले अभिनय गरेका छन्।











प्रतिक्रिया