मेयरको घरनजिकै बम

0
Shares

इलाम, (नेस)।इलाम माई नगरपालिकाका मेयर दीपककुमार थेबेको घरनजिक प्रेसर कुकर बम फेला परेको छ। नगरपालिका वडा नम्बर २ मा रहेको थेबेको घरनजिकै बम फेला परेको हो।

बिहान शंकास्पद अवस्थामा ७ बजेतिर परिवारले प्रेसर कुकर रहेको देखेपछि प्रहरीलाई खबर गरेका थिए। खबर पाएलगत्तै दानाबारी प्रहरी चौकीबाट पुगेको प्रहरीले झापा चाराआलीस्थित नेपाली सेनासँग समन्वय गरेपछि चारआलीबाट बम डिस्पोजल टोली गएको थियो।

टोलीले बिहान ११ बजे डिस्पोज गरेको थियो। बम कसले राख्यो भन्नेबारेमा हालसम्म खुल्न नसके पनि प्रतिबन्धित विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले राखेको हुन सक्ने इलामका प्रहरी प्रमुख हीराबहादुर पाण्डेले बताउनुभयो।