सामाजिक सञ्जालकाे भरमा समाचार बनाए कारवाही हुने


न्युज अफ नेपाल, काठमाडौं । प्रेस काउन्सिलले दलका नेताले गरेको स्टाटस वा ट्वीटलाई समाचार बनाउदा त्यसको पुष्टि गर्नुपर्ने दायित्व मिडिया हाउस र पत्रकारको हुने गरि नयाँ आचार संहिता जारी गरेको छ।

नयाँ संहिताले दलका नेताले लेखेको गलत तथ्यको भागीदार पत्रकार वा सञ्चारमाध्यम हुने प्रावधान राखेको छ।

कमेन्टलाई शेयर वा रिट्वीट गरि पुन प्रकाशन गर्दा पत्रकार तथा सञ्चार माध्यमले आफुले प्रकाशन गरे सरहको तथ्य जाँच गर्नुपर्ने आचार सहिंतामा उल्लेख छ।

आचार संहिता उल्लंघन गरेको ठहर भएमा प्रेस काउन्सिलले मिडियालाई अटेरीको सूचिमा राख्ने गरि आचार संहिता जारी गरेको हो ।

आचार संहिता उल्लंघनकर्तालाई तीनपटकसम्म सचेत गराउने प्रेस काउन्सिलले जनाएको छ। काउन्सिलको निर्देशनलाई तीन पटक भन्दा बढी अटेर गरेमा प्रेस पास रद्ध गरिने आचार संहितामा उल्लेख छ।

प्रेस काउन्सिलले सामाजिक सञ्जालमा आएका तथ्यलाई पुष्टि गरेर मात्रै प्रकाशन गर्न पाउने गरि पत्रकारका लागि संसोधित आचारसहिंता ल्याएको छ।

‘पत्रकार तथा सञ्चार मार्फत प्रवाह गर्ने समाचार,विचार र सूचना वा जानकारीहरु सत्य तथ्यपूर्ण,सन्तुलित र मर्यादित हुनुपर्दछ,’ सोमबार जारी आचारसंहितामा उल्लेख गरिएको छ।