भुटानसँग नेपाल स्तब्ध


नेपाल समाचारपत्र, काठमाडौं।डिफेन्डिङ च्याम्पियन नेपाल आफ्नै घरेलु मैदानमा भइरहेको साफ यू– १८ च्याम्पियनसिपमा भुटानविरुद्ध नराम्रोसँग हारेको छ।

आइतबार हल्चोकस्थित एपीएफको मैदानमा भएको खेल नेपालले ३–० ले गुमाएको हो। यो एउटै जितले भुटानलाई प्रतियोगिताको सेमिफाइनल पुर्यायो। तर नेपालको लागि भने अन्तिम चार पुग्न गणितीय आधारमा मात्रै आसा बाँकी छ।

माल्दिभ्स र भुटानबीचको खेलको नतिजा अप्रत्यासित निस्के मात्र नेपाल अन्तिम चारमा पुग्नेछ। पहिलो खेलमा नेपालले माल्दिभ्ससँग १–१ बराबरी खेलेको थियो।