बूढानीलकण्ठको जित


काठमाडौं, (नेस)।बूढानीलकण्ठले पाँचौ बीएमके खुला पुरुष बास्केटबल प्रतियोगितामा आइतबार जित हात पारेको छ।

विशाल मिलन केन्द्र (बीएमके) को आयोजनामा भइरहेको प्रतियोगितामा बूढानीलकण्ठले आयोजक बीएमकेलाई ७१–५३ ले पराजित गर्यो। टोलीका सौगातदीप सिंहले १८ अंक जोडे।

अन्य खेलमा गोल्डेनगेटले आइस वाकरलाई ४९–४३ ले हराउँदा अभिषेक सिंहले १५ स्कोर गरे।एनसीएचएसले अन्नपूर्णमाथि ६२–३० को सहज जित दर्ता गर्यो। एनसीएचएसका सन्दीपले १३ अंक जोडे। गोर्खा ब्वाइजले हुपर्सबाट वाक ओभर पायो।