थ्रीस्टारमा सबै पदमा निर्विरोध


नेपाल समाचारपत्र, काठमाडौं। नेपालको ए डिभिजन टोली थ्रीस्टार कलबको अध्यक्षमा अरुणमान जोशीसहित सबै पदमा निर्विरोध निर्वाचन भएका छन्।

यसअघि कार्यवाहक अध्यक्ष हुनुभएका जोशीको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचन भएका हुन्।

आईतबार अशोक हलमा बसेको वार्षिक साधारण सभाले चुनिएको कार्यसमितिको कार्यकाल ३ वर्षको हुनेछ। यसको बावजुद २ सदस्य चयन गर्न बाँकी रहेको क्लबले जनाएको छ।

कार्य समितिमा ६ उपाध्यक्ष निर्वाचित भएका छन्। जसमा निर्मलरत्न शाक्य, अतिशकृष्ण श्रेष्ठ, रमेश अवाले, कृष्ण अवाले, वीरेन्द्रलाल श्रेष्ठ र जयकृष्ण श्रेष्ठ उपाध्यक्षमा निर्वाचित भएका हुन्। त्य

स्तै महासचिवमा सन्जीव शिल्पकार, कोषाध्यक्षमा राम श्रेष्ठ बोस, सचिवमा कुलबहादुर महर्जन र निवास गोपाल वैद्य रहेका छन्।

यसैगरी सह कोषाध्यक्षमा देवेन्द्रलाल श्रेष्ठ तथा सदस्यमा रामकृष्ण चित्रकार, प्रेमबहादुर चित्रकार, हरि महर्जन, रामेश्वर अवाले, रुपेन्द्र पुरी र मुकेश नकर्मी निर्वाचित भएका छन्।