नेपाल इन्भेष्टमेन्ट बैंंक र ई–सेवाबीच सम्झौता


काठमाडौं, (नेस)। ई–सेवा फोन पे प्रालि र नेपाल इन्भेष्टमेन्ट बैंकबीच अनलाइन भुक्तानी सम्झौता भएको छ। सम्झौतासँगै अब नेपाल इन्भेष्टमेन्ट बैंकबाट ईसेवामा रकम लोड गर्न तथा विभिन्न वस्तु तथा सेवाहरूको सहजै भुक्तानी गर्न सकिनेछ।

ग्राहकले बैंकको इन्टरनेट बैंकिङ तथा कुनै पनि शाखा मार्फत सहजै ई–सेवामा रकम लोड गर्न सक्नेछन् भने ईसेवा खातामा भएको रकम पनि सिधै बैंकमा जम्मा गर्न सक्नेछन्।

ईसेवाबाट मोबाइल रिचार्ज, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, हवाई जहाज तथा बसको टिकट, विद्यालय,क्याम्पसको शुल्क भुक्तानी, होटेल र रेष्टुरेन्टको बिल भुक्तानीलगायत विभिन्न सुविधा उपभोग गर्न सकिनेछ।

पछिल्लो समयमा ईसेवाले क्युआर कोड मार्फत गरिने भुक्तानीलाई प्रवद्र्धन गरिरहेको छ। हाल ईसेवामा ५५ हजार क्युआर मर्चेन्ट आबद्ध भइसकेका छन् भने क्युआर कोडमा इसेवाले आकर्षक क्यासब्याक तथा छुटको व्यवस्था समेत गरेको छ। अबदेखि नेपाल इन्भेष्टमेन्ट बैंकका ग्राहकले ईसेवामा पैसा लोड गरी सजिलै क्युआर कोडको सुविधा पनि लिन सक्नेछन्।

ईसेवामा हाल ५५ वटा बैंक तथा वित्तीय संस्था आबद्ध भएका छन्। यी बैंक तथा वित्तीय संस्थाबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा ईसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ।

हाल ईसेवाका ग्राहक २५ लाखभन्दा बढी पुगीसकेका छन् र यो संख्या निरन्तर बढ्ने क्रममा छ। देशभर रहेका इसेवाका साठी हजार भन्दा बढी एजेन्ट मार्फत ७५ लाखभन्दा बढीले ईसेवाका सेवाहरु लिइरहेका छन्।

नेपाल इन्भेष्टमेन्ट बैंकले ८२ शाखा, १२० एटीएम, १५ एक्सटेन्सन काउन्टर, १० राजस्व संकलन काउन्टर र ५४ शाखारहित बैंकिङ काउन्टरमार्फत आफ्नो सेवा पुर्याउँदै आएको छ।