एनआईसी एसिया बैंकका ग्राहकलाई भाटभटेनीमा छुट


काठमाडौं, (नेस)। एनआईसी एसिया बैंक र भाटभटेनी सुपरमार्केटबीच एनआईसी एसिया बैंकको डेबिट एवं क्रेडिट कार्ड मार्फत लत्ताकपडा तथा जुत्ता खरिद गर्दा प्रत्येक खरिदमा १५ प्रतिशत रकम वा अधिकतम हजार रुपियाँसम्म छुट प्रदान गर्ने सम्झौता भएको छ।

उक्त सम्झौताअनुसार भाटभटेनी सुपरमार्केटमा सामान खरिद गर्नुहुने बैंकका ग्राहकले उपरोक्त छुट प्राप्त गर्न सक्नेछन्।

यसका साथै यस बैंकमा खाता नभएका इच्छुक महानुभावले भाटभटेनी सुपरमार्केटमा रहेको एनआईसी एसिया बैंकको स्टल तथा प्रतिनिधिमार्फत् नयाँ खाता खोल्न सक्नुहुनेछ र इन्स्ट्यान्ट कार्ड प्राप्त गर्न सक्नुहुनेछ।

सो सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने र भाटभटेनी सुपरमार्केटको तर्फबाट सुपरमार्केटका अध्यक्ष मीनबहादुर गुरुङले हस्ताक्षर गर्नुभयो।

असोज ८ गतेदेखि कात्र्तिक १६ गतेसम्म लागू हुने यो योजनाबाट ग्राहकले चाडपर्वको समयमा अधिकतम लाभ लिन सक्नुहुने विश्वास बैंकले लिएको छ।

मुलुकभर २९८ शाखा, ३५९ एटीएम, ७० वटा एक्स्टेन्सन काउण्टर एवम् ४१ वटा शाखारहित बैंकिङमार्फत् बैंकिङ सेवा रहेको छ। करिब १८ लाख ग्राहक रहेको छ।

उत्तरदायी बैंकिङको अभ्यास गर्दै आएको यस बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब ३ अर्ब १५ करोड रुपियाँभन्दा बढी राजस्व सरकारलाई भुक्तानी गरिसकेको छ।