प्रधानमन्त्री चयनको पहल


जेरुसलम, (एजेन्सी)।इजरायलमा आम चुनावपछि त्रिशंकु संसद्का कारण जारी गतिरोधबीच राष्ट्रपति रुवन रिवलिनले सरकार गठनका लागि सबै निर्वाचित दलसँग दुई दिन लामो वार्ता शुरू गरेका छन्।

त्यसपछि प्रधानमन्त्री पदका लागि नामांकन गरिनेछ। राष्ट्रपतिको जिम्मेवारी देशलाई स्थायी सरकार बनाउने सम्भावना रहेका नेता चयन गर्नु हो।

यस पटकको चुनाव परिणाममा मत अन्तर अत्यन्त कम भएकाले सरकार गठनका लागि राष्ट्रपतिको भूमिका महत्वपूर्ण भएको हो।

१२० सदस्यीय संसद्मा बेनी गेट्न्जको मध्यमार्गी ब्लु एन्ड ह्वाइट पार्टीले ३३ सिट हासिल गरेको छ भने प्रधानमन्त्री नेतान्याहुको लिकुड पार्टीले ३१ सिट हासिल गरेको छ।