दुई बालकको डुबेर मृत्यु


भद्रपुर, (नेस)।झापामा दुई जना बालकको डुबेर मृत्यु भएको छ। मृत्यु हुनेमा भोजपुर गुराँसे घर भई हाल कमल गाउँपालिका–४ स्थित हजुरबुबा ज्ञानेन्द्रकुमार तामाङको घरमा बस्दै आएका सुन्दर तामाङ र सोही स्थान बस्ने देवेन्द्र बुढाथोकीको छोरा क्रेडिड बुढाथोकी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

खाल्डोमा जमेको पानीमा पौडी खेल्दा डुबेर ज्यान गएको जिल्लाका डीएसपी महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो।

घरमा कसैलाई जानकारी नगराई कमल गाउँपालिका –४ स्थित भुत्लुङखोलामा निर्माणाधीन कल्भर्टको खाल्डोमा जमेको पानीमा बालक पौडी खेल्न गएका थिए।

बालकद्धय साँझ सम्म घर नर्फिएपछि खोज तलास गर्ने क्रममा उनीहरू डुबिरहेको अवस्थामा स्थानीयले मृत फेला पारेका थिए।

घटनाको बारे जानकारी पाउन साथ इलाका प्रहरी कार्यालय दमकबाट प्रहरीको टोलीले कानुनी प्रक्रिया पूरा गरी शव पोस्टमार्टमका लागि अस्पताल पठाएको प्रहरीले जनाएको छ।