रक्षा संवाददाता अनुशिक्षण शुरू


काठमाडौं, (नेस)।मध्य पूर्वी पृतना हेडक्वार्टरका पृतनापति उपरथी नरेशचन्द्र भट्टले प्रदेश नम्बर २ का विभिन्न मिडिया हाउसमा कार्यरत रक्षा संवाददातालाई समावेश गरी सञ्चालन भएको रक्षा अभिमुखीकरण कार्यक्रमको प्रथम प्रवचन गरी शुभारम्भ गर्नुभएको छ।

नेपाली सेनासम्बन्धी जानकारीमूलक कक्षा सञ्चालन गरी आधारभूत ज्ञान दिलाउने उद्देश्यका साथ सञ्चालन भएको उक्त कार्यक्रमले विभिन्न मिडिया हाउसमा कार्यरत रक्षा संवाददातालाई नेपाली सेनासम्बन्धी समाचार सम्प्रेषण गर्दा स्पष्टता कायम भई सहज हुने विश्वास नेपाली सेनाले लिएको छ।