दाजुलाई खुकुरी हानेर आत्महत्या

0
Shares

इलाम, (नेस)।इलामको सन्दकपुर गाउँपालिका १ माइपोखरी बन्दुकेमा भाइले दाजुलाई आइतबार खुकुरी प्रहार गरी गम्भिर घाइते बनाएका छन्।

दाजुलाई खुकुरी प्रहार गरेर भाइले भने आत्महत्या गरेका छन्।माईपोखरीमा ६४ वर्षीय दाजु विष्णु राईलाई भाइ बुद्ध राईले खुकुरी प्रहार गरेका हुन्। खुकुरी प्रहारपछि उनले भने झुन्डिएर आत्महत्या गरेका हुन्।

खुकुरी प्रहारबाट गम्भीर घाइते भएका विष्णुको इलाम अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि झापातर्फ पठाएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ। खुकुरी प्रहारबाट विष्णुको शरीरका विभिन्न ठाउँमा गहिरो चोट लागेको छ।