अरिङ्गालले टोकेर बालकको मृत्यु


गुल्मी, (नेस)। गुल्मीमा अरिङ्गालले टोकेर एक जना बालकको मृत्यु भएको छ। जिल्लाको रूरू गाउँपालिका–१ रिडी निवासी १२ वर्षे पवन अधिकारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो।

आइतबार विद्यालय गएका बालक घरमा फर्किने क्रममा अरिङ्गाल रहेको बोट बाँदरले हल्लाउँदा बालकलाई टोकेको थियो।

अरिङ्गालको टोकाइबाट घाइते भएका बालकको उपचारका लागि पाल्पा लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।

गुल्मीमै खोलाले बगाएर धुर्कोट गाउँपालिका–२ पीलधाराका भीमबहादुर कुँवरलाई पानाहा खोलाले बगाएर मृत्यु भएको छ। कुँवर शनिबार साँझ पनाहा खोला तर्ने क्रममा बगाएको थियो।