ज्वाँईको खकुरी प्रहारबाट दम्पती गम्भीर घाइते


न्युज अफ नेपाल, ओखलढुंगा । ओखलढुंगामा ज्वाँईको खकुरी प्रहारबाट एक दम्पती गम्भीर घाइते भएका छन् । मनेभज्याङ गाउँपालिका–१ मोलीमा नाताले ज्वाई पर्ने अन्दाजी ५६ वर्षीय हर्कजित राईको खुकुरी प्रहारबाट ७२ वर्षीय बृश्रबहादुर राई र ६५ वर्षीय श्रीमती रत्नमाया राई गम्भीर घाइते भएका छन् ।

घरायसी कुरामा विवाद बढेपछि हर्कजित शनिबार साँझ दम्पतीमाथि खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ । शरीरको विभिन्न भागमा गहिरो चोट लागेका दम्पतीलाई शनिबार राति नै उपचारका लागि सामुदायीक अस्पताल अ‍ोखलढुंगामा ल्याइएको थियो । अ‍ोखलढुंगामा उपचार सम्भव नभएपछि थप उपचारका लागि अस्पतालले उनीहरुलाई काठमाडौँ रिफर गरेको छ । ज्वाँई हर्कजितलाई घटना भए लगत्तै प्रहरीले पक्राउ गरको छ ।

पक्राउ परेका हर्कजित माथि थप अनुसन्धान चलिरहेको प्रहरीले जनाएको छ ।