चन्द समूहका भोजपुर सेक्रेटरी हतियारसहित पक्राउ


भोजपुर । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का भोजपुर जिल्ला सेक्रेटरीलाई हतियारसहित प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा टेम्के मैयुङ गाउँपालिका ५ खावा घर भएका बमबहादुर विष्ट रहेको प्रहरीले जनाएको छ । विष्टलाई भोजपुर नगरपालिका १० भैंसीपंखाको गजुरमुखी भीरछेउको जंगलबाट पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।

विष्टको साथबाट प्रहरीले २ थान इटालियन अटोमेटिक पेस्तोल, डायरी, सिमकार्ड, मोबाइल २ थान, १० राउण्ड गोली र ह्याण्ड ग्रिनेट १ थान फेला पारेको छ । यस्तै विष्टको साथबाट चन्दा माग गर्दै लेखिएका पत्र र पार्टीका पर्चा फेला परेको थियो ।

पक्राउ परेका विष्ट माथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।