ओम अस्पतालको लापरबाहीः पत्थरीको उपचार गर्दा बिरामीको ज्यान गयो


न्युज अफ नेपाल, काठमाडौं ।

मिर्गौलामा रहेको पत्थरीको अपरेसन गर्दा ओम अस्पतालमा बिरामीको मृत्यु भएको छ।

शुक्रबार भर्ना गरिएकी धादिङकी २९ वर्षीया अनिता गुरुङको अपरेसनपछि आइतबार बिहान मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ । अनिताको मृत्युपछि आफन्तले अस्पतालमा प्रदर्शन गरेका छन्। उपचारमा लापरबाही भएको भन्दै आफन्तले प्रदर्शन गरेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।

आन्दोलित आफन्त र अस्पताल प्रशासनबीच वार्ता भइरहेको प्रहरीले जनाएको छ।