तक्मा अर्थात् डबल लोप्पा

निकै ठूलो तामझामका साथ गत भदौ २२ मा ‘सेवामैत्री प्रशासन, संघियतामा सुशासन’ भन्ने नाराका साथ निजामती सेवा दिवस मनाइयो। यसपटकको दिवसमा ठूलै खडेरी पर्यो, कारण सम्मान योग्य सर्वोत्कृष्ट कर्मचारी देशैभरबाट भेटिएनन्।

सर्वोत्कृष्ट कर्मचारीको खडेरी परेर के भो त जनसेवा पदक (तक्मा) पाउनेहरु देशमै छेलोखेलो भेटिएका छन्। राष्ट्रपति भण्डारीले बैशाखमा प्रदान गर्ने विभिन्न नामका तक्मा पाउनेहरुको सूची देख्दा धरहरालाई तिरिमिरी झ्याईँ भा’छ।

६ सय ४३ जनाले विभिन्न शीर्षकको तक्मा पाउने खवरले धरहरा मात्रै होइन आफूलाई अब्बल मान्ने कयौं कर्मचारीले डब्बल लोप्पा खाएका छन्।

अस्ती निजामति दिवसमा त आफ्नो नाम सार्वजनिक भएन भएन, अहिले ६ सय ४३ को लामो सूचीमा पनि शितलनिवासमा नाम सिफारिस नभएसी भएन त डबल लोप्पा ?

लोकसेवा पासै नगर्ने तर चाप्लुसीका अनेक परीक्षा सहजै पास गर्नेहरु तक्माका लागि धमाधम सिफारिस भएसी लोप्पा खानु नौलो भएन।

यस्तै भएसी स्कूल, कलेजमा सर्वोकृष्ट भएर निमामति सेवा प्रवेश गरेको इमान्दार कर्मचारी अब कुन मुख लिएर ससुराल जाने, साथीभाइ छरछिमेकसँग आफ्नो बायोडाटा कसरी सुनाउने ?

चिया पसलमा कसरी मुख देखाउने ? श्रीमान्–श्रीमती अनि प्रेमी–प्रमिकाका अगाडि कसरी शान दिने ? धरहराको सुझाव–सर्वोत्कृष्ट बन्न त ‘सोझो औलाले घिउ निस्कदो रैनछ’ सूत्र लगाउनैपर्छ।