कदर बचतले लाभांश बाँड्ने


काठमाडौं, (नेस)।कदर बचत तथा ऋण सहकारी संस्थाले आफ्नो शेयर सदस्यहरुलाई १३ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ।

शनिबार सम्पन्न १०औं साधारणसभाबाट पारित गर्दै शेयर सदस्यहरुलाई १३ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो।

चुक्ता पूँजी १ करोड १२ लाख ११ हजार ९ सय रहेको संस्थाले आव २०७५/०७६ मा १० लाख ९० हजार ८ सय २७ रुपियाँ आम्दानी गरेको थियो।

कोषाध्यक्ष होमबहादुर श्रेष्ठले आव. २०७५/०७६ को आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै भन्नुभयो– ‘सहकारी क्षेत्रमा भएको परिवर्तन सहकारीकर्मीका लागि भन्दा पनि सहकारी क्षेत्रलाई विस्थापित गर्ने गरी भएको छ।

त्यो परिवर्तनबाट भोलिका दिनमा सहकारीको भावना विपरितका कार्य हुने गर्दा सहकारीलाई विस्तार गर्ने होइन कि सहकारी क्षेत्रलाई विस्थापित गर्ने किसिमको कार्य भएको महसुस गरिएको छ।’

संस्थाका उपाध्यक्ष सूर्यतेज शाक्यले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सभापतित्व संस्थाका अध्यक्ष वीरेन्द्रमान शाक्यले गर्नुभएको थियो।

यसै गरी २०७५ सालको एसईई परीक्षामा सफल भएका संस्थाका सदस्यका छोराछोरीलाई यस वर्षमा पनि सम्मान गरिएको संस्थाका प्रबन्धक बलराम डंगोलले जानकारी गराउनुभयो।