पाल्पामा जीप दुर्घटना हुँदा १ को मृत्य, २ घाइते


पाल्पा । पाल्पामा जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । शनिबार भएको दुर्घटनामा परी दुई जना घाइते भएका छन् । सो दुर्घटना पाल्पाको रैनादेवीछहरा गाँउपालिका वडा नम्बर ६ को अरखोर भन्ने ठाउँमा भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी जीपमा सवार रैनादेवीछहरा गाँउपालिका ८ सत्यवतीका ५० वर्षीय झैबहादुर रेश्मी मगरको मृत्यु भएको हो । घाइते मगरको उपचारको क्रममा तानसेनमा रहेको लुम्बिनीमेडिकल कलेज प्रभासमा मृत्य भएको छ । चालकसहित घाइते  २ जनाको भने लुम्बिनी मेडिकल कलेज प्रभासमै उपचार भैरहेको प्रहरीले जनाएको छ ।

सत्यवतीबाट केलाटारका लागि छुटेको ग २ च २७१७ नम्बरको जीप अनियन्त्रित भई मोटर बाटोबाट झण्डै ५० मिटर तल खसेको थियो ।