साहशी पर्वतारोही


सिडनी, (एजेन्सी)।झरनाबाट २० फिट मुनि खसेका एकजना अस्ट्रेलियाली पर्वतारोहीले उद्धार सहयोग पाउन निकै साहसका साथ दुई दिनसम्म भाँचिएको खुटा लिएर घस्रिएको खबर प्राप्त भएको छ।

आइतबार व्रिस्वेननजिक एक्लै हिँड्ने क्रममा ५४ वर्षीय नेल पार्कर चिप्लेर तल खस्दा उनको नाडी र एउटा खुटा भाँचिएको थियो।

दुर्घटनामा मोबाइल हराउन पुगेका उनीसँग सहयोग पाउन खुलास्थानसम्म जान घिस्रिनुबाहेक अन्य कुनै विकल्प थिएन। अस्पतालमा उनले एकएक मिटर गरी अत्यन्तै पीडा सहेर घिस्रेको पत्रकारहरुलाई सुनाएका छन्।