व्यवसायीलाई धम्क्याउँदै रकम उठाउने गृहमन्त्री थापाका भाइ एकलाख धरौटीमा रिहा


न्युज अफ नेपाल, काठमाडौं । काठमाडौं जिल्ला अदालतले जेलमा रहेका गुन्डा नाइके समीरमानसिंह बस्नेतसँग मिलेर व्यवसायीलाई धम्काउँदै रकम असुलेको आरोपमा सात जनालाई पक्राउ गरेकाे थियाे ।  पक्राउ परेका सातजनामध्ये गृहमन्त्री रामबहादुर थापाका भाइ नरेशकुमार थापालाई एक लाख धरौटीमा रिहा गर्ने आदेश दिएको छ भने बाँकीलाई पुर्पक्षका लागि जेल चलान गरेको छ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश मेदिनीप्रसाद पौडेलको इजलासमा सोमबारबाट भएको थुनछेक बहस सकिएपछि थापालाई बुधबार धरौटीमा छाड्ने आदेश गरेको हो। उनीसँगै पक्राउ परेका अन्य ५ जना भने पुर्पक्षका लागि जेल चलान भएका हुन्।

व्यवसायीलाई धम्क्याउँदै रकम उठाउन खोजेको आरोपमा गृहमन्त्री रामबहादुर थापाका बादलका भाइ नरेश कुमार थापासहित काठमाडौं स्युचाटारका पवन खड्का, काठमाडौं इचंगुनारायणका सुरेन नगरकोटी, काठमाडौं भेडासिंहका शैलेश प्रजापति, काठमाडौं नागार्जुनका विनोद लामा, प्रहरी जवान वीरबल भट्टराई, मनबहादुर पुन मगर पक्राउ परेका थिए।