डेंगीको ‘महामारी’ फैलिरहेका बेला स्वास्थ्यमन्त्री विदेश भ्रमण गहेको भन्दै आलोचना


न्युज अफ नेपाल, काठमाडौँ । प्रनिनिधिसभाको बैठकमा बुधबार सांसदहरुले देशमा डेंगीको ‘महामारी’ फैलिरहेका बेला स्वास्थ्यमन्त्री भने विदेश भ्रमणमा व्यस्त रहेको भन्दै आलोचना गरेका छन् ।

बैठकमा बोलेका अधिकांश सांसदले डेंगीले नागरिक संक्रमित भएको तथा केहीको निधन नै भएको अवस्थामा त्यसको नियन्त्रणका लागि मन्त्रालयको तर्फबाट खेल्नु पर्ने भूमिकालाई बेवास्ता गरेर स्वास्थ्य मन्त्री उपेन्द्र यादव विदेश भ्रमणमा व्यस्त रहेको भन्दै आलोचना गरेका हुन् । सांसदहरुले विदेश भ्रमणका बारेमा तीव्र आलोचना गरे पनि मन्त्री यादव भने त्यसबारे जवाफ नै नदिइ रोस्टमबाट बाहिरिएका छन् ।