स्नोडनको इच्छा


वासिङ्टन, (एजेन्सी)।अमेरिकाको केन्द्रीय गुप्तचर निकाय (सीआईए) का लागि विगतमा सेवा प्रदान गर्दै आएका तथा पछि सरकारविरुद्धको काममा लागेका एडवर्ड स्नोडनले अहिले आएर अमेरिकास्थित आफ्नो घरमा फर्कन चाहेको बताएका छन्।

उनले आफूलाई फ्रान्स र जर्मनीले राजनीतिक शरण दिनेबारे सोचिरहेको तर आफूलाई भने अमेरिका फर्कने इच्छा रहेको बताएका छन्।

उनले अमेरिकी गुप्तचर निकायद्वारा निगरानीमा राखेका टेलिफोन तथा इन्टरनेट सूचना तथा विवरण सार्वजनिक गरेका थिए। सन् २०१३ देखि उनले मस्कोमा निर्वासित जीवन बिताउँदै आएका छन्।