स्मारिका र सौगात मिस र मिस्टर ब्बलाइन्ड रकर्स

0
Shares

स्मारिका पोख्रेल र सौगात वाग्ले यस वर्षको मिस र मिस्टर ब्लाइन्ड रकर्स भएका छन्। यसै गरी टीकाराम आले र सम्झना रिमाल फस्ट रनर्सअप भएका छन् भने प्रतिभा राई बेस्ट स्माइल, सन्जिया श्रेष्ठ बेस्ट ह्वाइट केन वाक, अनिश ढकाल बेस्ट फ्रेन्डसिप, स्मारिक पोख्रेल बेस्ट ट्यालेन्ट, त्रिषा लामा मस्ट पन्चुअल, सावित्री पौडेल मस्ट रेस्पोन्सिवल र निश्चल शिवाकोटी मस्ट जोली भएका छन्।

दृष्टिविहीन युवायुवतीको क्षमता अभिवृद्धि गरी उनीहरूको प्रतिभा प्रस्फुटन गर्न गत वर्षदेखि मिस एन्ड र मिस्टर ब्लाइन्ड रकर्स आयोजना गरिएको हो।

ब्लाइन्ड रक्सले आयोजना गरेको कार्यक्रममा संस्थाकी अध्यक्ष सृष्टि केसीले दिष्टिविहीनलाई समाजले हेर्ने मानसिकतामा परिवर्तन ल्याउन जरुरी रहेको बताइन्।

केसी १६ वर्षको उमेरमा डाक्टरको लापरबाहीले दृष्टिविहीन हुन पुगेकी थिइन्। हाल उनी अन्तर्राष्ट्रिय मोटिभेसनल स्पिकरका रूपमा परिचित छन्।