संगीतमा मेरी आमा


गीतकार विमला तुलाचनको गीति एल्बम राजधानीमा आयोजित एक समारोहबीच मेरी आमा सार्वजनिक गरिएको छ।

एल्बममा कहिले खहरेझैं, हाम्रो प्रेम अजम्बरी, सुन मायालु बोलका चार गीत संगृहित छन् भने यी गीत उदय सोताङ, मनिला सोताङ, रीमा गुरुङ होडा, सत्यराज आचार्य र अञ्जु पन्तले गाएका छन्।

वसन्त मुकारुङको एकल संगीत रहेको एल्बमका गीतमा सचिन सिंह, फणिन्द्र राई र नोर्बु शेर्पाको संगीत संयोजन रहेको छ।

समारोहमा एल्बममा रहेका २ गीत कहिले खहरेझैं र मेरी आमाको म्युजिक भिडियो पनि देखाइएको थियो। एल्बममाथि लासिमित राई र आभाषले समीक्षा गरेका थिए भने सुशीलमान शेरचन र उषा शेरचनले शुभकामना मन्तव्य राखेका थिए।