भट्टराई नेतृत्वको समाजवादी पार्टीको चुनाव चिन्ह पञ्जा


न्युज अफ नेपाल, काठमाडौं । बाबुराम भट्टराई नेतृत्वको समाजवादी पार्टीको चुनाव चिन्ह पञ्जा हुने भएको छ । तत्कालीन संघीय समाजवादी पार्टी र नयाँ शक्ति पार्टीबीच एकता गर्दा दुबैको चुनाव चिन्ह छाता र देब्रे आँखा हटाउने सहमति भएको थियो ।

नयाँ चुनाव चिन्हको खोजी गर्ने क्रममा पञ्जामा सहमति जुटेको समाजवादीका एक नेताले बताएका छन् ।

समाजवादी पार्टीले हातको पञ्जा चुनाव चिन्ह माग गर्दै निर्वाचन आयोगमा पत्र समेत पठाईसकेको छ। निर्बाचन आयोगले भने निर्णय गर्न बाँकी छ तर प्राय जस्तो बेला उजुरी नपरेमा दलको पत्रलाई निर्बाचन आयोगले अस्वीकार गर्न सक्दैन।