विकासका लागि स्थानीय सरकार र प्रदेश एक हुनुपर्छः मुख्यमन्त्री त्रिलोचन भट्ट


ललित सिंह, बझाङ्ग । जिल्ला समन्वय समिति बझाङले आयोजना गरेको तेस्रो जिल्लासभा तथा वार्षिक समिक्षा गोष्ठीमा बझाङ जिल्लाको समग्र विकासको बारे समिक्षा तथा छलफल भएको छ ।

जिल्ला सभामा सहभागी अतिथिहरुले तीन तहको सरकारबाट भएगरेका गतिविधीहरुको उपलब्धी र जिल्लाको समस्याका बारेमा समिक्षा गरेका थिए । तेस्रो जिल्ला सभामा बोल्ने नेता तथा जनप्रतिनिधीहरुले आफुले गरेका कामको बारेमा जानकारी दिदै जिल्लाका साझा समस्याका बारेमा सवैको एकता र सहयोग हुनुपर्नेमा जोड दिएका थिए ।

स्थानिय तहको स्रोत साधनबाट हुुने योजना कार्यक्रमहरु स्थानिय तहले सम्बोधन गर्ने र ठुला योजनाहरु प्रदेश र संघ सरकारमा माग गरी सम्पन्न गर्ने नेताहरुले बताएका थिए । जिल्ला सभामा सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्रि त्रिलोचन भट्टले प्रदेश सरकारबाट प्रदेश सरकारले गर्न सक्ने योजनाहरु आफुहरु गर्न तयार रहेको बताउदै यसका लागी स्थानिय तह र प्रदेशको समन्वय हुनु पर्ने बताए । उनले भने प्रदेश सरकारले प्रदेशको विकासका लागी योजनाखाका बनाएको बताउदै स्थानिय तहले पनी जनताको प्रत्यक्ष फाइदा हुने गरी योजना कार्यक्रम बिनियोजन गर्नु पर्ने धारणा राखे ।

बझाङ जिल्लामा बिद्युतको राम्रो सम्भावना भएकाले बिद्युत उत्पादन साथै कृर्षिको ब्यबसायिकरण गर्न पनी मुख्यमन्त्रि भट्टले जोड दिनु भयो । जिल्लाको विकासका लागी तिब्बतको नाका खोल्नु पर्ने, जडिबुटीका प्रसोधन गर्नु पर्ने, पर्यटकिय क्षेत्रहरुको संरक्षण सम्वद्र्धन गर्नु पर्नेमा छलफल भएको थियो । साथै स्थानिय तहमा स्रोत साधनमा दुरुपयोग भएको औल्याउदै बक्ताहरुले जनप्रतिनिधिहरु लाई जवाफदेही हुन सुझाव दिएका थिए ।

दुइ दिनसम्म चल्ने तेस्रो जिल्ला सभा तथा बार्षिक समिक्षा गोष्ठीमा दुई नगरपालिका र १० वटा गाँउपालिकाले आर्थिक बर्ष ०७५/०७६ मा संञ्चालन भएका योजना कार्यक्रमको प्रगती र भावी योजना सहित समस्याका बारेमा जानकारी दिने छन् । उद्घाटन सत्रमा मुख्यमन्त्रि त्रिलोचन भट्ट सहित सभामुख अर्जुन थापा लगाएत माननिय सांसद र अन्य नेताहरुले जिल्लाको बर्तमान अबस्था र भावी दिनमा गर्नु पर्ने योजना कार्यक्रमका बारे सुझाव दिएका थिए । नेताहरुले मुलुकले सुखी नेपाली र समृद्ध नेपालको नारा लिएको हुँदा गरिवहरुको समृद्धीका लागी अब जोड दिनु पर्ने बताएका थिए ।

गत बर्ष पनी जिल्ला सभामा जिल्लाको विकासको अबस्थाबारे छलफल तथा समिक्षा भएको थियो । मुख्यमन्त्रि भट्टबाट मंगलबार उद्घाटन भएको तेस्रो जिल्ला सभामा जनप्रतिनिधि, राजनितिक दलका नेता कार्यलय प्रमुख, कर्मचारी लगाएत सर्वसाधारणको सहभागिता रहेको थियो ।