भक्तपुरमा प्रसिद्ध मुपात्र जात्रा मनाईंदै


पुष्कर बुढाथोकी, भक्तपुर । इन्द्रजात्राको अवसरमा भक्तपुरमा निकालिने प्रसिद्ध परम्परागत मूपात्र जात्रा सुरु भएको छ । अन्य जात्राभन्दा पृथक रुपमा मनाइने यो जात्राको छुट्टै राक्षस जात्राकोरुपमा पनि मनाउने गरिन्छ । यो जात्रा प्रत्येक वर्ष आश्विन कृष्ण द्वितीयादेखि चौथीसम्म मनाइने गरिन्छ ।

जात्रामा मूपात्र प्रमुख राक्षस र धिःचा नामका अन्य दुई सहायक राक्षससहित तीनजनालाई राक्षसको भेषमा विभिन्न रङले सिङ्गारपटार गरेर तरबार समात्न लगाई भक्तपुर नगर पूरै परिक्रमा गराउने प्रचलन रहेको छ । भक्तपुरमा तीनदिनसम्म मनाईने मुपात्र जात्रामा ईन्द्रको एकदमै विश्वासिलो सेवकका रुपमा मानिने ऐरावत हात्ती अर्थात पुलुकिसी जात्रा समेत मनाईन्छ ।

परम्परागत बाजा बजाएर भक्तपुरको तौमढीबाट साँझ हने ऐरावत हात्ती अर्थात पुलुकिसी जात्रा सुरु भएर नासमना, वंशगोपाल, इताछें, खौमा, दरबारस्क्वायर, सुकुलढोका, दत्तात्रय, सूर्यमढी लगायत गाईजात्रा मनाउने रुटहरुमा यो जात्रा प्रर्दशन गरिन्छ । बाँसको मान्द्रोभित्र दुई व्यक्ति राखेर पुलुकिसी बनाएर मान्द्रोमाथि नीलो कपडाले छोपेर अगाडिको भागमा हात्तीको जस्तै सुँढ समेत राखी बनाइए तौमढी स्थित भैरवनाथलाई पूजा गरी जात्रा सुरु गर्ने परम्परा रहेको छ ।

देवीपुराणमा इन्द्रका पुत्र जयन्तलाई खोज्न हिँडेको पुलुकिसीको सम्झनामा यो जात्रा मनाउने गरेको हो ।पुलुकिसी नगर परिक्रमा गर्ने क्रममा वंशगोपालमा धान, सूर्यमढीमा पानी खुवाउने र दरबारस्क्वायरमा आगो तपाउने प्रचलन रहेको छ । जात्राका क्रममा पुलुकिसीको सुँढले मानिसलाई छोएमा दशा लाग्छ भन्ने धार्मिक विश्वासअनुसार पुलुकिसी आउँदा सुँढले छोइएला कि भनी मानिसहरु परपर बस्छन् ।पुलुकिसी जात्रा बीच बाटोमा पुगेपछि मूपात्र जात्रा सुरु गर्ने परम्परा रहेको छ भने पुलुकिसीको सुडले छोएमा दशा लाग्ने जनविश्वासले पुलुकिसी आएपछि पर भाग्ने प्रचलन रहेको छ ।

स्थानीय लाकुलाछेंटोलबाट सुरु हुने पुलुकिसी जात्राले भक्तपुरका वंशगोपाल, इटाछें, दरबारस्क्वायर, सूर्यमढी लगायत स्थानको परिक्रमा गर्ने प्रचलन छ । लाकुलाछें टोलका बासिन्दाले बाँसको मान्द्रोभित्र दुई व्यक्ति राखेर पुलुकिसी तयार गर्छन् । मान्द्रोमाथि नीलो कपडाले छोपेर अगाडिको भागमा हात्तीको जस्तै सुँढ समेत राखी बनाइएको पुलुकिसीलाई स्थानीय टौमढीमा रहेको शक्तिशाली भैरवनाथ देवतालाई भक्तिभावका साथ पूजा गर्न लगाई जात्रा सुरु गरिन्छ ।

जात्रामा परम्परागत बाजागाजाका साथ भक्तपुर नगर परिक्रमा गरिन्छ । जात्राका क्रममा पुलुकिसीलाई वंशगोपालमा धान खुवाइने, दरबारस्क्वायरमा आगो तपाउने र सूर्यमढीको तला तुन्छी (इनार)मा पानी खुवाउने प्रचलन रहेको छ । जात्रामा पुलुकिसीले कथंकदाचित मूपात्रलाई भेट्यो भन्ने कुल्चेर मार्दा पनि हात्ती बन्ने पात्र र उनका सहयोगीलाई कुनै बात नलाग्ने स्थानीय बासिन्दा बताउँछन् ।