आगलागीबाट धनमाल जलेर नष्ट 


न्युज अफ नेपाल, काठमाडौं । काठमाडौं महानगरपालिका-३१ शान्तिनगर बस्ने राजेश पायल राईको घरमा सोमबार दिउँसो आगलागी हुँदा विभिन्न फर्निचरका सामाग्री, टिभि पियानो, विभिन्न अवार्ड, ट्रफिहरु समेत जलेर करिब ५ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

त्यस्तै, रौतहटकाे ईशनाथ नगरपालिका-१ बंजरहा बस्ने बिगन राउत कुर्मी र बिनोद राउत कुर्मीको फुसको घरमा सोमबार राति आगलागी हुँदा घर तथा घरभित्र रहेको अन्नपात, लत्ताकपडा, भाँडाबर्तन लगायतका सामानहरु जलेर करिब ५ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा प्रहरीले आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।