विभिन्न स्थानबाट धनमाल चोरी


न्युज अफ नेपाल, काठमाडौं  । कागेश्वरी मनहरा नगरपालिका-९ वीरेन्द्र चोक डेरा गरी बस्ने सर्लाही लालबन्दी घर भएकी सर्मिला लामाको कोठाबाट नगद तथा सुनका विभिन्न गरगहना समेत गरी करिब १ लाख ५७ हजार रुपैयाँ बराबरको धनमाल सोमबार दिउँसो चोरी भएको छ ।

यसैगरी चन्द्रागिरी नगरपालिका-१४ नयाँ नैकाप बस्ने सर्मिला न्यौपानेको घरबाट नगद तथा सुनका विभिन्न गरगहना समेत गरी करिब १ लाख ६० हजार रुपैयाँ बराबरको धनमाल सोमबार साँझ चोरी भएको छ ।

यसैगरी काठमाडौं महानगरपालिका-९ सिनामंगल पंचकुमारी बस्ने राजेश राईको घरबाट नगद तथा सुनका विभिन्न गरगहना समेत गरी करिब ४ लाख ६९ हजार रुपैयाँ बराबरको धनमाल सोमबार साँझ चोरी भएको छ ।

सूर्यविनायक नगरपालिका-५ कटुञ्जे साहुटोल बस्ने पूर्ण कला राईको घरबाट ल्यापटप २ थान र सुन चाँदिको बिभिन्न गरगहना ४ तोला समेत गरी करिब ३ लाख ८९ हजार रुपैयाँ बराबरको धनमाल सोमबार साँझ चोरी भएको छ ।

चोरीमा संलग्न फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।