सवारी दुर्घटनामा परी मृत्यु


न्युज अफ नेपाल, धनुषा । गणेशमान चारनाथ नगरपालिका-१ वीरेन्द्रबजारस्थित सडकमा स.१० प १४७५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई    स.१ ख ९१८ नम्बरको ट्रकमा सोमबार साँझ ठक्कर खाँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक सप्तरी घर भएका ४५ वर्षीय पवन कुमार राय अमातलाई उपचारको लागि अञ्चल अस्पताल जनकपुरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको छ ।

ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिई यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।