सुन जस्तो देखिने पहेंलो धातु सहित पक्राउ


न्युज अफ नेपाल, काठमाडौं। काठमाडौं महानगरपालिका-१६ माछापोखरीबाट करिब १ केजी बराबरको सुन जस्तो देखिने पहेँलो धातु सहित काठमाडौं ठुलोभर्‍याङ बस्ने सिन्धुली कमला नगरपालिका घर भएका ४२ वर्षीय राजकुमार बम्जनलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

उक्त स्थानमा सुन जस्तो देखिने पहेंलो धातु बिक्री बितरण भइरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको धातु सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।