अवैध लागूऔषध सहित पक्राउ


न्युज अफ नेपाल, काठमाडौं । चन्द्रागिरी नगरपालिका-२ नागढुंगाबाट अवैध लागूऔषध खैरो हेरोईन ३० दशलमब ९० ग्राम सहित झापा विर्तामोड नगरपालिका-६ घर भएका शंकर राजवंशीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा खटिएको प्रहरीले विर्तामोडबाट काठमाडौं आउँदै गरेको ना.५ ख ४९१३ नम्बरको बस जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

त्यस्तै, कलैया उपमहानगरपालिका-१० स्थितबाट नियन्त्रित लागूऔषध कोरेक्स ४० बोतल र नाईट्रोभेट १ सय ५० ट्याब्लेट सहित कलैया उपमहानगरपालिका-१३ बस्ने २० वर्षीय अली मिया धोबीलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी मटिअर्वाबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।